हेटौंडाः मकवानपुरमा आइतबार ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार ३८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ र २४ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्लामा आइतबार ६७ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरले जानकारी दिनुभयो । ५२ जना होम आइसोलेसनमा बसेका र १५ जना संस्थागत आइसोलेसनमा भएकाहरु कोरोना मुक्त भएका हुन् । हालसम्म मकवानपुर जिल्लामा कोरोनाको कारण १२६ जनाको मृत्यु भएको छ ।