हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित हेटौंडा–१२ का ७८ बर्षीय बृद्धको आइतबार बिहान मृत्यु भएको छ । दोस्रो लहरको कोरोना महामारीपछि हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।
यस्तै शनिबार दिउँसो १२ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्ममा १२ जना डिस्चार्ज भएका छन् । आइतबार रातीसम्ममा हेटौंडा अस्पतालको कोभिड–१९ वार्डको आइसियुमा ८ जना, एचडीयुमा १० जनासहित ३६ जनाको उपचार भइरहेको कोभिड–१९ वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।