Home मुख्य समाचार हेटौंडा–४ र १० मा खाद्यान्न वितरण

हेटौंडा–४ र १० मा खाद्यान्न वितरण

हेटौंडाः नेपाल विद्यार्थी संघको महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमा नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान महासचिव महेन्द्र राउत, नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक लगायतको टोलीले हेटौडा–४ र हेटौडा–१० मा ५२ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा रहेको परिवारलाई खाद्यान्न वितरण गरिएको सामाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले यसअघि पनि मकवानपुरको राक्सिराङ जस्ता दुर्गम लगायतको क्षेत्रमा पुगेर प्रतिपरिवार एक बोरा चामल वितरण गरेका छन् ।

Exit mobile version