आँखा जाँच उपकरण खरिद गर्न १० लाखको चेक हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखा जाँच उपकरण खरिद गर्न हेटौंडा उपमहानगरले १० लाख रुपैयाँ सहयोग गरेको छ । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले आइतबार नेपाल आँखा कार्यक्रमको कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ र अस्पताल प्रमुख डा. सुनिल थकालीलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

मेयर महतले आँखा अस्पतालले पुर्‍याउँदै आएको सेवा प्रशंसानीय रहेकोले यसलाई नितरन्तरता दिनुपर्ने बताउनुभयो । अस्पताल प्रमुख डा. थकालीले सहयोग रकमबाट हेटौंडा सामुदायिक आँखा अस्पतालले टोपकोन कम्पनिको जापनिज स्लिट ल्याम्प खरिद गरेको जानकारी गराउँदै अस्पतालमा भएको उपकरण पुरानो हुँदै गएकोले यो उपकरणले बिरामीहरुको उपचारको लागि सहयोग हुने बताउनुभयो ।