प्रमित कोइराला, कक्षा ९, नवोदय शिशु सदन

राम्रो काम गर्नेलाई कुर्सीमा ठाउँ छैन यहाँ
देश विकासका निम्ति नेताहरुको ध्यान कहाँ छ यहाँ
धेरै नै भयो हाम्रो सानो देश नेपालमा भ्रष्टाचार
कति सहनु हामी जनताले नेताका यी अत्याचार ,

कोही नेताहरु आफ्नो स्वार्थका लागि काम गर्छ्न्
जनताको गोजी खाली पारि आफ्नो गोजी भर्छन्
दिन दिनै बढदै छ बलत्कार र भ्रष्टाचार
कति सहनु हामी जनताले नेताका यी अत्याचार ,

चुनाव भन्दा अगाडि विकास ल्याउँछु भन्ने
गर्नु पर्ने बेला आएपछि अनेक बहाना ल्याउने
कहिलेसम्म गर्ने हो नेताहरुले भ्रष्टाचार
कति सहनु हामी जनताले नेताका यी अत्याचार ,

नेताहरु हिड्ँछन् महङ्गा टल्केका गाडीमा
बेरोजगारी नेपाली जति सबै खाडीमा
न्याए देऊ हामी जनतालाई ए सरकार
कति सहनु हामी जनताले तिमीहरुको अत्याचार