Home मुख्य समाचार प्रदेश युवा परिषद्को उपाध्यक्षमा मकवानपुरका सन्तोष चौलागाई नियुक्त

प्रदेश युवा परिषद्को उपाध्यक्षमा मकवानपुरका सन्तोष चौलागाई नियुक्त

नवनियुक्त प्रदेश युवा परिष्दका उपाध्यक्ष सन्तोष चौलागाई सपथ लिदै

हेटौंडाः बागमती प्रदेशको युवा परिष्दको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । चौलागाईलाई शुक्रबार सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सपथ खुवाउनुभएको छ ।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्र्तवार्ताको लागि छनौट गरेको थियो । जसमा मकवानपुरका सन्तोष चौलागाई छनौट भएका हुन् । प्रदेश युवा परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्री हुने व्यवस्था रहेको छ । प्रदेश परिषद् ऐन बनाएको २ वर्षपछि मात्रै सरकारले उपाध्यक्ष नियुक्त गरेको हो ।

Exit mobile version