Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक अध्यापनको ८० सिट पायो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक अध्यापनको ८० सिट पायो

हेटौंडाः चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशलाई ८० सिट निर्धारण गरेको छ । आयोगले प्रतिष्ठानलाई पहिलो पटक स्नातक तहको कलेजको अनुमित दिएको छ । आयोगले निर्धारण गरेको सिटमा बिपिएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालू वर्षमा तीन शैक्षिक कार्यक्रम संञ्चालन गर्ने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताउनुभयो । उहाँका अनुसार आगामी वर्षदेखि थप शैक्षिक कार्यक्रमका साथै एमबीबीएस पनि पढाई हुनेछ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट तोकिएकाहरुले ७५ प्रतिशत छात्रवृत्तिमा पढ्न पाउँनेछन् । स्नातकतहको शैक्षिक कार्यक्रम हेटौंडा–११ को नलेज भिलेजमा संचालन हुनेछ भने थप शैक्षिक कार्यक्रमको लागि हेटौंडाको गौरिटारमा भवनको भौतिक संरचना निर्माण भइरहेको छ ।

Exit mobile version