हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पताललाई भित्ते पंखा सहयोग गरिएको छ । पारिवारिक निजी वन संघले कोभिड अस्पताललाई ८ थान पंखा सहयोग गरेको हो ।
एक साताअघि मात्रै स्थापना गरिएको कोभिड अस्पतालका लागि आवश्यक सहयोग माग भएबमोजिम संघको तर्फबाट सहयोग गरिएको पारिवारिक निजी वन संघकी राष्ट्रिय महासचिव आरती पाठकले जानकारी दिनुभएको छ । सोमबार हेटौंडामै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई पंखा हस्तान्तरण गरिएको छ । पारिवारिक निजी वन संघकी राष्ट्रिय महासचिव आरती पाठक, मकवानपुर जिल्ला समितिकी उपाध्यक्ष माया लामा, सचिव निर्मल कुमार पौडेलले गाउँपालिकाका अध्यक्ष मल्ललाई पंखा हस्तान्तरण गर्नुभएको हो ।