हेटौंडाः हेटौंडा–१३, टुटेपानीका ८५ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । निषेधाज्ञामा समस्या परेका परिवारलाई आइतबार चामल वितरण गरिएको हो ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघका महामन्त्री प्रभात दाहाल, कांग्रेस मकवानपुरका सल्लाहाकार भरत पराजुली र मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार महेन्द्र राउतको नेतृत्वमा १ लाख बराबरको चामल वितरण गरिएको हो ।

यस्तै यसअघि मकवानपुरको राक्सिराङ–८ का २५ परिवारलाई पनि प्रतिपरिवार एक बोरा चामल वितरण गरिएको समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।