सांकेतिक तस्वीर ।

हेटौंडाः कोभिड–१९ संक्रमित भई हेटौंडा अस्पतालमा उपचाररत ६८ वर्षीय वृद्धको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–४ का वृद्धको शुक्रबार बिहान १० बजेर १५ मिनेटमा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभएको छ ।

हालसम्म हेटौंडा अस्पतालमा उपचारको क्रममा कोभिड–१९ संक्रमित ८१ जनाको मृत्यु भइसकेको छ । यस्तै पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोभिड–१९ संक्रमित विरामी हेटौंडा अस्पतालमा उपचार गरेर निको भई डिस्चार्ज हुनेको संख्या २०४ पुगेको छ । अहिले हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमित ४२ जना उपचाररत छन् ।