हेटौैंडाः मकवानपुरमा ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार २१ जना महिलार २३ जना पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
बुधबार संकलित १०९ जनाको स्वाब परीक्षण गर्दा ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएका मध्ये ३६ जना हेटौंडा उपमहानगर क्षेत्रका छन् भने मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका २ जना, थाहा नगर, मनहरी र भीमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।