फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा ७३ जनाको स्वाब नमूना संकलन गरिएको छ । सोमबार बिहान ६ बजेदेखि उनीहरुको स्वाब नमूना संकलन सुरु भएको थियो ।

स्वाब संकलन केन्द्र हेटौंडाका प्रमुख जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार उनीहरुको स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा पठाइएको छ । उनीहरुको कोरोना परीक्षको रिपोर्ट मंगलबार आउने उहाँले बताउनुभयो ।