Home अर्थ/व्यापार मल लिन सहकारीमा किसानको भीड

मल लिन सहकारीमा किसानको भीड

कोरोना महामारीको त्रासका बीच युरिया मल खरिद गर्न हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा पुगेका किसानको भीड ।

हेटौंडाः कोरोना महामारीको त्रासका बीच युरिया मल खरिद गर्न सहकारीमा किसानको भीड लागेको छ । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा बिहीबार १० केजीका दरले युरिया मल लिन किसानको भीड लागेको हो ।

कोरोना महामारीको त्रासका बीच युरिया मल खरिद गर्न हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा पुगेका किसानको भीड ।

मल लिन आएका किसानको भीडमा कोरोना संक्रमणको जोखिमबाट बच्न अपनाउनुपर्ने भौतिक दूरीको मापदण्ड पालना गरिएको थिएन । खाद्यान्न बालीका लागि वर्षकै प्रमुख समयमा युरिया मलको अभाव हुँदा किसानहरु चिन्तित समेत छन् । मकवानपुर जिल्लाका लागि साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनिले युरिया मल विक्री गर्दै आएको छ ।

गत चैत दोस्रो सातादेखि करिब डेढ महिना युरिया मल ल्याउन नसक्नु र अहिले पनि थोरै मात्रामा मात्रै मल ल्याउनुले अभावको स्थिति छ । युरिया मल ल्याउन प्रभावकारी पहल पनि नहुँदा किसान चिन्तित छन् ।

Exit mobile version