हेटौंडाः मकवानपुरको मकवानपुरगढीमा सामुदायिक कोभिड प्रतिकार्य समूह यतिबेला सक्रिय बनेको छ । गाउँपालिकामा कोभिड संक्रमित बढ्न थालेसँगै गाउँपालिकाका युवाहरुले यो समूह निर्माण गरेका थिए । गाउँपालिकाको केन्द्रबिन्दु वडा नम्बर ३ मा चहलपहल बढि हुने गरेको छ । गाउँपालिकाको कार्यालयले आवतजावत बढी हुने हुँदा कोभिडको जोखिम ३ नम्बर वडामा बढी छ ।

मकवानपुर गढी ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको संयोजकत्वमा रहेको सामुदायिक कोभिड प्रतिकार्य समूहले अहिले संक्रमितहरुको अवस्था बुझ्ने, आवश्यक स्वास्थ्य सामगं्री, पौष्टिक खानेकुरा पु¥याउने, संक्रमितको उपचारमा सहयोग, उद्दार लगायतको कार्य गर्दै आएको समूहका टिम लिडिर कमल फुयाँलले बताउनुभयो ।

उहाँका अनुसार समूहले छुट्टाछुट्टै जिम्मेवारी बाँडफाड गरेर काम गरिरहेको छ । समूहले बैंक खाता संचालन गरेर कोभिड विरुद्ध लड्न खातामा ९० हजार बढी नगद संकलन गरिसकेको छ । यस्तै विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री पनि उपलब्ध गराउँदै आएको फुयाँलले बताउनुभयो ।