हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले सञ्चालनमा ल्याएको आइसोलेसन वार्डका लागि औषधी व्यवसायी संघ मकवानपुरले औषधी सहयोग गरेको छ । करिब ४० हजार रुपैयाँ बराबरको औषधी सहयोग गरिएको औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
कोरोना संक्रमित भई आइसोेलेसनमा बसेका व्यक्तिका लागि पोषण तथा स्वास्थ्य समस्याअनुसार रक्षात्मक अवस्थामा रहन औषधी दिइने गरिन्छ । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई औषधी हस्तान्तरण गर्नुभएको हो । मकवानपुर उद्योग वाणिज्य संघले ३० सैय्याको आइसोलेसन सेन्टर बुधबारबाट सञ्चालनमा ल्याएको हो ।