हेटौंडाः हेटौंडा अस्पतालमा थप २ संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गएराति ७ बजेर ३५ मिनेट जाँदा हेटौंडा–८ को ७३ वर्षीय महिला र आज बिहान ४ बजे हेटौंडा–११ की ६८ वर्षकी महिलाको मृत्यु भएको हो ।
यो सहित हेटौंडा अस्पतालमा ६४ जनाको मृत्यु भएको अस्पतालको सुचना अधिकारी राजिझ झाले जानकारी दिनुभयो । अहिले अस्पतालमा ५६ जना कोभिड–१९ संक्रमितको उपचार भइरहेको छ ।