हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार जारी गरेको कोरोना संक्रमितको विवरण ।

हेटौंडाः सोमबार मकवानपुरमा २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार १५ महिला र १४ पुरुषमा कोरोना पुष्टि भएको हो ।

आइतबार संकलित ४७ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २७ जना हेटौंडा उपमहानगर क्षेत्रका छन् भने एकजना मनहरी गाउँपालिका र १ जना बारा जिल्लाका छन् ।

यसैबीच हेटौंडा–१०, गोरक्षेश्वरधामस्थित स्वाब नमूना संकलन केन्द्रमा सोमबार ११२ जनाको स्वाब नमूना संकलन गरिएको छ । संकलित स्वाब नमूना हेटौंडा अस्पतालस्थित प्रयोगशालामा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गरिनेछ ।