हेटौंडाः बागमती प्रदेश सभाको बजेट अधिवेशनको आज दोस्रो बैठक चलिरहेको छ । बजेट अधिवेशनको दलका नेताहरु मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकटेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनीया, नेमकिपा नेता सुरेन्द्र राज गोसाई र राप्रपाकी रीना गुरुङले शुभकामना दिनुभएको छ ।

यसैबिच मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरिक्षकको वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोग र प्रदेश मुख्यन्याधिवक्ता कार्यालयको २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रदेश सार्वजनिक लेखा समितिको ०७६÷७७ को वार्षीक प्रतिवेदन समितिका सभापति न्यूक्षेनायराण श्रेष्ठले सामा पेश गर्नुभएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न सांसदहरु शान्ति थिङ, हिरानाथ खतिवडा, विजया केसि र शोभा शाक्यलाई स्वीकृती गर्नुभएको छ । त्यस्तै प्रदेश समिति सदस्यहरु शालिकराम जम्कट्टल र युवराज दुलालको हेरफेर भएको छ । अब प्रदेश मामिला समितिको सदस्यमा शालिकराम जम्कट्टेल र अर्थ तथा विकास समिति सदस्यमा युवराज दुलाल सदस्य हुनेछन् । अबको केही बेरमा बैठकमा पुनः बस्दैछ ।