Home मुख्य समाचार सांसद चौलागाईको शोक प्रस्ताव पारित गरेर सकियो प्रदेश सभा बैठक

सांसद चौलागाईको शोक प्रस्ताव पारित गरेर सकियो प्रदेश सभा बैठक

हेटौंडाः बागमती प्रदेश सभाको आज बसेको बजेट अधिवेशनको पहिलो बैठक सकिएको छ । दोलखाबाट प्रदेश सभामा निर्वाचित सांसद पशुपति चौलागाइर्एको निधनको शोक प्रस्ताव पारित गरेसँगै बैठक सकिएको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाई प्रसाई अधिवेशन आह्वन र मन्त्रीमण्डल पुनर्गनठनबारे पठाएको पत्र पढेर सुनाउनुभएको थियो ।

बैठकको कार्यसुचि अनुसार अधिवेशनको शुभकामना मन्तब्य दलका नेताहरुले दिने भनिएपनि संसदमा विरोध हुने अवस्था देखिएसँगै शुभकामना मन्तब्य नराखि बैठक अन्त्य भएको होे ।

यो बैठकमा प्रदेश सांसदहरुलाई एकै स्थानमा राखिएको थिएन । विभिन्न समितिहरुको हलमा समेत सांसदहरुलाई राखिएको थियो । कोभिडको जोखिमका कारण सांसदहरुलाई एक मिटरको दुरीमा बस्ने व्यवस्थापन गरिएको थियो । बैठक सुरु हुनुअघि सांसद, प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीसहित १६६ जनाको ऐन्टिजेन परीक्षण गरिएको थियो । जसमा एक मकवानपुरका पत्रकारमा कोरोना पुष्टि भएको थियो ।

Exit mobile version