हेटौंडाः नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा ३ जना उत्कृष्ट कवि घोषित भएका छन् । उत्कृष्ट हुनेमा मकवानपुरका रोश्नी चौलागाई (म फर्कनेछु), कपिलवस्तुकी जोशिका कँडेल (नेपाल मेरो घर) र कपिलवस्तुका शिरीष बन्जाडे (हो मेरो देश पनि) हुन् ।
३० जना सहभागीहरु मध्ये १० जना उत्कृष्ट हुन सफल भएकाहरुलाई वाचनका लागि अवसर दिएको थियो । जस मध्ये तीन उत्कृष्ट कविहरुलाई नगद ३/३ हजार रुपियाँसहित सम्मान गरिएको छ । भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा ३ सदस्यीय निर्णायक समितिले उत्कृष्ट १० कविबाट तीन जनालाई उत्कृष्ट घोषित गरिएको हो ।
स्थापनाको छोटो समयमै राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगिता आयोजना गर्न नवसर्जक साहित्य चौतारी नेपाल सफल भएका हो । डा. नेत्र एटमको प्रमूख अतिथ्यतामा र नवसर्जक साहित्य चौतरी नेपालका अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रोल्लास सिन्धुलीय, टीका आत्रेय, निमेष निखिल, सुदेश सत्याल, विन्दा पराजुली, राम अविकास, दिपक गौतम लगायतको उपस्थिति रहेको थियो ।