कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन ईन्द्रसरोवर गाउँ कमिटीको आयोजनामा शिक्षकहरुका लागि आईसीटीसम्बन्धी भर्चुअल तालिम बिहीबारबाट सुरु भएको छ । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाभर प्रविधिमा आधारित शिक्षक तयार पार्ने उद्देश्यले तालिम सुरु गरिएको हो ।

तालिममा संगठनका राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यता थियो । संगठनको ईन्द्रसरोवर गाउँ कमिटी अध्यक्ष मानबहादुर स्याङ्तानको अध्यक्षतामा तालिम तथा प्रशिक्षण भएको हो ।

कोभिड–१९ को दोस्रो चरणको लकडाउनलाई पनि रचनात्मक र प्रविधिमैत्री बनाउन संगठनको गतिविधिलाई सक्रिय पारिएको संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो । एक सय २५ शिक्षकहरुको सहभागिता रहेको तालिममा संगठन राष्ट्रिय समिति आईसीटी ब्यूरो प्रमुख केशवराज घिमिरेले सहजीकरण गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लामिछानेले कोभिड १९ को संक्रमणमा परी देशभरका सयौं शिक्षकले ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्नुभयो । अग्रभागमा खटेर राष्ट्रको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सरकारले कोभिड खोप उपलब्ध नगराएका कारण ठूलो क्षति ब्योहोर्नुपरेकोमा कार्यक्रममार्फत् सरकारको ध्यानाकर्षणसमेत गर्नुभयो ।

विशेष अतिथि श्रीराम दाहालले संक्रमणको जोखिममा रहेका देशभरका तमाम शिक्षक कर्मचारीहरुलाई यथाशीघ्र निःशुल्क खोप र उपचारको व्यवस्था गर्न सरकारसँग अपिल गर्नुभएको छ । दाहालले संगठन ईन्द्रसरोवर पालिकाले सञ्चालन गरेको कार्यक्रममा देशभरबाट सहभागी हुन आउनुभएका शिक्षक कर्मचारीप्रति आभारसमेत प्रकट गर्नभएको छ ।

तालिमका सहजकर्ता केशवराज घिमिरेले अबका शिक्षक आईसीटीमैत्री हुन नसकेमा शिक्षक पेशा नै फलदायी नहुने बताउँदै सबैलाई यसप्रति निरन्तर लागिपर्न र प्रविधीमैत्री हुन आग्रह गर्नुभएको छ । अहिले प्रचलनमा आएको जुम कसरी कक्षाकोठासम्म पुर्‍याउने र त्यसलाई कसरी निःशुल्करुपमा प्रयोग गर्ने भन्नेबारे घिमिरेले सहजीकरण गर्नुभएको हो ।

ईन्द्रसरोबर सीएनटी संस्थागत सहसचिव कुमार रुम्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति पूर्वमहासचिव रमाकान्त सापकोटा, सिन्धुली अध्यक्ष पुरुषोत्तम पहाडी, कर्णाली प्रदेशबाट पूर्णबहादुर डाँगी, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् माया शेर्पा, मकवानपुर सचिव पुरुषोत्तम आचार्य, पर्वत सचिव सुरेन्द्र शर्मा गौतम, मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रीय प्रतिनिधि लक्ष्मी रिमाल, निवृत्त शिक्षक सामाज केन्द्रीय प्रचार विभाग प्रमुख अभिमन्यू गौतम, मकवानपुर सचिवालय सदस्य कृष्णप्रसाद पौडेल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपीरमण प्याकुरेल, थाहानगर अध्यक्ष रुपचन्द्र गोपाली, बागमती सचिव टेकबहादुर जर्गा मगर, इन्द्रसरोवर पूर्वअध्यक्ष मधुकर कार्कीलगायतको