हेटौंडाः मकवानपुरका २२० जनाले कोरोना भाइरसलाई जितेका छन् । कोरोनाको दोस्रो लहरमा संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका २ सय १२ जना र संस्थागत आइसोलेसनमा बसेको ८ जना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

१४ दिन होम आइसोलेसनमा बसेपछि दोस्रो पटक कोरोना परीक्षण गर्नुपर्दैन । यसैगरी बिहीबार पनि जिल्लामा २ सय संक्रमणमुक्त भएका थिए । जिल्लामा संक्रमण पुष्टि हुनेको भन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ । स्वास्थय कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २०२ संक्रमित थपिएका छन् । उनीहरुमध्ये १४८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो भने ५४ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।