Home मुख्य समाचार हेटौंडा अस्पताललाई १०० सिलिण्डर अक्सिजन किन्न सहयोग

हेटौंडा अस्पताललाई १०० सिलिण्डर अक्सिजन किन्न सहयोग

हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै कर्मचारी मिलन केन्द्र मकवानपुरका संरक्षक भरतमणि पाण्डे ।

हेटौंडाः कर्मचारी मिलन केन्द्र मकवानपुरले हेटौंडा अस्पताललाई एक सय सिलिण्डर अक्सिजन खरिद गर्न आवश्यक रकम सहयोग गरेको छ ।

कर्मचारी मिलन केन्द्रका संरक्षक मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबार हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ । कोभिड–१९ संक्रमित विरामीको उपचारमा सबैक्षेत्रबाट सहयोग भइरहेका बेला कर्मचारीको तर्फबाट पनि सहयोग गरिएको कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष बद्रिबहादुर पाठकले जानकारी दिनुभएको छ ।

कर्मचारी मिलन केन्द्रको कोषमा भएको रकमबाट अस्पताललाई सहयोग गरिएको पाठकले बताउनुभएको छ । नुवाकोटमा रहेको उद्योगबाट एक सय सिलिण्डर अक्सिजन खरिद गर्न ४० हजार रुपैयाँ सहयोग गरिएको कर्मचारी मिलन केन्द्र मकवानपुरका कोषाध्यक्ष रामप्रसाद गजुरेलले जानकारी दिनुभएको छ ।

Exit mobile version