Home मुख्य समाचार अक्सिजन सिलिन्डर दैनिक सहयोग हुँदा अभाव छैनः मेसु सापकोटा

अक्सिजन सिलिन्डर दैनिक सहयोग हुँदा अभाव छैनः मेसु सापकोटा

हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुहुँदै नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनाल ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा दैनिक अक्सिजन सिलिन्डर सँगै स्वास्थ्य सामग्रीहरु सहयोग भइरहेको छ । एक संस्थाले ९ लाख रुपैयाँ अक्सिजन खरिद गर्न अस्पताललाई प्रदान समेत गरेको छ । यसैगरी विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले पनि अक्सिजनको लागि दैनिक सहयोग गर्दै आएका छन् । हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग भइरहेकै कारण अक्सिजन अभाव नभएको बताउँनुहुन्छ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटा ।

उहाँले अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग नहुने हो भने अभाव सिर्जना हुने भन्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । अहिले हेटौंडा अस्पतालमा दैनिक १ सय ८० देखि २ सय सम्म अक्सिजन सिलिन्डर खपत भइरहेको छ ।

कोभिड बिरामीहरुलाई उच्च अक्सिजन दिनुपर्ने भएको कारण आवश्यकता अनुसार उनीहरुलाई अक्सिजन दिएर राखिएको उहाँले बताउनुभयो । सहयोगीहरुले अक्सिजन सँगै अस्पताललाई अहिले पिपिई, मास्क, स्यानीटाइजर पनि सहयोग गरिरहेका छन् । यी सबैभन्दा धेरै खपत भइरहेको छ । दैनिक १ सय पिपिई अस्पतालमा खपत हुने गरेको छ । यस्ता स्वास्थ्य सामग्री अस्पतालमा बढी आवश्यकता हुने मेसु सापकोटा भन्नुहुन्छ ।

चिकित्सहरुले कोभिडको पहिलो लहरमा चैत्र देखि कात्तिकसम्मको जोखिम भत्ता पाएका छन् । कात्तिकदेखिको भने जोखिम भत्ता प्राप्त नभएको अस्पतालका मेसु सापकोटाले जानकारी दिनुभयो । जोखिम भत्तासम्बन्धी निर्देशीका आइनसकेकोले वितरण नगरिएको उहाँको भनाई छ । यस्तै अस्पतालले आजबाट सातामा २ दिन बन्द भएका ओपिडी सेवाहरु सञ्चालनमा ल्याएको छ ।

कोभिड संक्रमणको जोखिमको समयमा अतिआवश्यक भएको सेवाग्राहीहरु मात्र ओपिडी सेवा लिन आउने उहाँले जानकारी दिनुभयो । बिहीबार पनि पाँच छ जनामात्र ओपिडी सेवा लिन आएको उहाँले बताउनुभयो । पहिलेको जस्तो ओपिडीमा भिडभाड भने नहुने भन्दै आवश्यक परेका सेवाग्राहीलाई मात्रै सेवा लिन आउँन उहाँले आग्रह गर्नुभयो । अस्पतालमा पहिलेदेखि नै आकस्मिक र प्रसुतिसम्बन्धी सेवा संचालनमा थियो । अब नाक, कान घाटी सेवा, फिजिसिएन, हाडर्जोनी, बालरोग सेवा सातामा २ दिन खुल्नेछ ।

Exit mobile version