हेटौंडाः मकवानपुरमा १२३ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार ६२ महिला र ६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा मंगलबार संकलित २ सय ४७ नमूना परीक्षण गर्दा १२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरका ९९ जना, भीमफेदी गाउँपालिकाका ४ जना, थाहा नगर, मकवानपुरगढी र मनहरी गाउँपालिकाका २/२ जना बारा जिल्लाका ५ जना र धादिङ जिल्लाका १ जना छन् ।