हेटौंडाः पछिल्ले २४ घण्टामा मकवानपुरका १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५५ जनाको कोरोनाको पीसीआर र ५९ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
अहिलेसम्म जिल्लामा ७ हजार ८ सय ६० जनामा कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय ७३ जना निको भएका छन् । यस्तै ८३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मकवानपुरको हेटौंडा अस्पतालमा मात्रै कोरोनाको पीसीआर परीक्षण हुने गरेको छ । यता सबै स्थानीय तहहरुले ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दै आएका छन् ।