हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट मंगलबार १२१ स्वाब नमूना संकलन भएको छ । कोभिड–१९ परीक्षण गर्न १२१ जनाको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
मंगलबार संकलन भएकाहरुको कोभिड–१९ को रिपोर्ट भने भोलि मात्रै आउने उहाँले बताउनुभयो । यसअघि स्वाब नमूना पठाएकाहरुको रिपोर्ट आज आउँने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा हेटौंडा अस्पतालबाट मात्रै कोभिड–१९ को पीसीआर परीक्षण हुने गरेको छ ।