हेटौंडाः जिल्ला युवा समिती मकवानपुरले पुनः हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । जिल्ला युवा समिति मकवानपुरले नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुसङ्गको समन्वयमा बारा जिल्लाबाट ल्याइएको ५० थान अक्सिजन सिलिन्डर आज एक कार्यक्रम अस्पताललाई हस्तान्तरण गरेको हो ।

युवा समितिले अस्पताललाइ यस अघि पनि ५० सिलिन्डर हस्तान्तरण गरेको थियो । अस्पताल बिकास समितिका सदस्य हिरा वाइबालाई अक्सिजन हस्तान्तरण गर्दै कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउदै सरकारलाइ सबैले साथ दिएर अगाडि बढन संविधान सभा सदस्य अनन्त पौडेलले आग्रह गर्नुभएको छ । नेता पौडेलले मुलुकलाई समस्या परेको समयमा जिल्ला युवा समितिले यस्तै प्रकारका सृजनशिल काम गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सुनचाँदी ब्यबसायी संघ बागमती प्रदेश समितीका सभापति ज्योतिरत्न बज्राचार्य, हेटौंडा उपमहानगरपालिका ३ नं वडा अध्यक्ष रामकुमार पुडासैनी, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाइ, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु कृष्ण लामिछाने, नरेन्द्र भण्डारी, बिश्व राई, चन्द्र शाही, तिर्थ रोक्का तथा समाजसेवी जनार्दन नेपाल लगायतको उपस्थिति रहेको थियो ।