हेटौंडाः अष्ट्रेलियामा बसेका मकवनपुरे युवाले हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । जेसीआई हेटौंडा लेडीमार्फत शनिबार अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । अष्ट्रेलिया पुगेका मकवानपुरे युवाले मकवानपुर कम्युनिटी अष्ट्रेलियाको स्थापना गरी सामाजिक सेवाको कार्य गर्दै आएको छ ।

मकवानपुरबाट अष्ट्रेलिया पुगेर त्यहाँ काम तथा अध्ययन गरिरहेका युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि सहज होस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् । अष्ट्रेलियामा रहेका मकवानपुरे बिशम् गौतम, बिरोध थिङ लगायतकाले सहयोग गरेको रकमबाट अस्पतालमा अक्सिजन सहयोग गरिएको थियो ।

संबिधान सभा सदस्य अनन्त पौडेलले हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यक्रम संयोजक मेनका श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।