हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर मंगलबार पनि निशेधाज्ञा उल्लङ्घन गरेको भन्दै २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
कार्यालयबाट खटिएको चेकिङ टोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी, ट्रक, बस, टिपर गरी कुल २१ वटासवारी साधनहरु नियन्त्रणमा लिईएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वोर रिमालले जानकारी दिनुभयो । कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्ने २ जना सवारी धनीलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको पनि जनाएको छ ।
सोमबार पनि २१ वटा सवारी साधनले निशेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले सवारी नियन्त्रणमा लिएको थियो भने ३ जनालाई कारवाही गरिएको थियो ।
