Home मुख्य समाचार हेटौंडा अस्पताललाई ४० अक्सिजन सिलिन्डर हस्तान्तरण

हेटौंडा अस्पताललाई ४० अक्सिजन सिलिन्डर हस्तान्तरण

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको कोभिड–१९ अनुगमन समितिले आज हेटौंडा अस्पताललाई भरेको ४० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।

आज अस्पताल परिसरमै पुगेर मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँ, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, तरुण नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version