हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।
कोभिड आकस्मिक वार्डमा उपचारको क्रममा हेटौंडा–१४ की ६४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेको समयमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यस्तै शनिबार राती ११ बजेर ४५ मिनेटमा हेटौंडा–२ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । कोरोना संक्रमित पुरुष आइसियुमा उपचाररत हुनुहुन्थ्यो ।