हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको शनिबार साँझ मृत्यु भएको छ । मृतकका आफन्तका अनुसार शनिबार साँझ अस्पतालले मृत घोषित गरेको हो । बारा जिल्लाको जितपुर–सिमरा उपमहानरगपालिकाकी ५० वर्षीया महिला मधुमेहका रोगी थिइन् ।
कोरोना संक्रमित भएपछि निमोनियाको समस्या बढेर गएपछि श्वासप्रश्वासमा समस्या भएर हेटौंडा अस्पतालको आइसियुमा उपचाररत थिइन् । यसअघि शनिबार बिहान पनि हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ७३ वर्षीया वृद्धाको मृत्यु भएको थियो । हेटौंडा–४ की वृद्धालाई ५ दिनअघि हेटौंडा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।