Home मुख्य समाचार चुरेहिल र सहकारी अस्पतालमा कोभिड–१९ संक्रमित १० जना उपचाररत

चुरेहिल र सहकारी अस्पतालमा कोभिड–१९ संक्रमित १० जना उपचाररत

हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटल प्रालि ।

हेटौंडाः हेटौंडास्थित दुई निजी अस्पतालले सञ्चालन गरेको कोभिड–१९ वार्डमा १० जना कोभिड–१९ संक्रमित उपचाररत छन् । २० जना कोभिड–१९ संक्रमितको उपचार गर्न सक्ने दुई निजी अस्पतालमा अक्सिजनको पर्याप्त उपलब्धता हुन नसक्दा थप विरामी भर्ना गर्न सक्ने अवस्था नरहेको अधिकारीको भनाइ छ ।

६ जना कोभिड–१९ संक्रमितको उपचार गरिरहेको हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मीका अनुसार शनिबार १ दिनका लागि पुग्ने अक्सिजन छ । अक्सिजनको उपलब्धता भए थप ४ जना कोभिड–१९ संक्रमितको उपचार गर्न सकिने रेग्मी बताउनुहुन्छ । अक्सिजन उपलब्ध हुने निश्चित नहुँदा सेवा प्रवाहमा जोखिम भइरहने उहाँको भनाइ छ ।

१० जनालाई नै सेवा प्रदान गर्न सक्ने हेटौंडा–११ स्थित चुरेहिल हस्पिटलको कोभिड–१९ वार्डमा ४ जना विरामी उपचाररत छन् । स्थानीय प्रशासनले सबैखालको सहजीकरण गरिदिने प्रतिवद्धता जनाएपछि कोभिड–१९ संक्रमित विरामीको उपचार गर्न तयार भएको उल्लेख गर्नुहुँदै चुरेहिल हस्पिटलका प्रशासन प्रमुख विवेक मानन्धरले भन्नुभयो, ‘अहिले अक्सिजनको अभावमै विरामीको नियमित उपचार गर्न समस्या भइरहेको र थप जोखिमको अवस्था रहेको बताउनुभयो ।’

Exit mobile version