खाद्यान्न वितरण कार्यक्रममा सहभागी जेसीआई हेटौंडा लेडी तथा माईती नेपालका पदाधिकारीहरु ।

हेटौंडाः जेसीआई हेटौंडा लेडीको आयोजना तथा मााईती नेपाल मकवानपुरसँगको सहकार्यमा आयस्रोत तथा आर्थिक अवस्था कमजोर भएका महिलाई खाद्यान्न सहयोग गरिएको छ । बिहीबार ४० हजार रुपैयाँको खाद्यान्न सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोरोना भइरस संक्रमण बढेसँगै भएको निषेधाज्ञामा आर्थिक अवस्था कमजोर तथा निम्न आय भएका महिलाहरुलाई खाद्यान्नको समस्या परेपछि सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतिव्यक्ति २ हजार रुपैयाँ बराबरको खाद्यान्न २० जनालाई गरिएको छ । खाद्यान्न वितरण कार्यक्रममा माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको पनि उपस्थिति रहेको थियो ।

चामल, दाल, नुन, तेल, चना, मस्यौरा लगायतका खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा जेसीआई हेटौंडा लेडीका प्रमुख सल्लाहकार रश्मि बस्नेतको पनि उपस्थिती रहेको थियो । जेसीआई हेटौंडा लेडीले यसअघि पनि कोरोना भाइरसबाट बच्न सचेतनामूलक कार्य गर्दै आएको थियो ।