सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित ढुंगा खानी जाने बाटो सफा गर्ने क्रममा लोडर दुर्घटना हुँदा लोडर अपरेटरको मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा भीमफेदी–३, कैलाशडाँडा ऐनाभीरमा लोडर दुर्घटना भएको ईलाका प्रहरी चौकी भीमफेदीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हेटौंडा सिमेन्टको चुनढुंगा खानी जाने बाटो सफा गर्ने क्रममा लोडर झण्डै एक किलोमिटर तल खसेको छ । लोडर अपरेटर भीमफेदी–३, चिलाउनेका २६ वर्षीय राजेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ९ बजेको समयमा प्रहरी घटनास्थल पुगेको थियो । घलानको शव सडकदेखि एक सय मिटर तलबाट निकालिएको थियो । घलानको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।