हेटौंडाः मनहरी गाउँपालिका–१ स्थित चकरीका एक पुरुषले मंगलबार आत्महत्या गरेका छन् । ३९ वर्षका राजकुमार उप्रेतीले रुखमा झुन्डिएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

आफ्नै घर पछाडी रहेको लिच्चिको रुखमा नाइनलको डोरीले पासो लगाएको अवस्थामा प्रहरीले शव निकालेको थियो । शवको पोष्टमार्टमका लागि हेटौंडा अस्पातल ल्याइएको छ । उप्रेतीको आत्महत्या गर्नुको कारण भने अझै पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ ।