हेटौंडाः मकवानपुरमा सोमबार दिउँसो २ बजेसम्म १ सय ४८ जनामा संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिउँसो २ बजेसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार १ सय ६ जनामा कोरोनाको पिसिआर र ४२ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ९५ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने ५ जनामा ऐन्टिजेन परीक्षण पोजेटिभ आएको छ । यसैगरी थाहा नगरमा १४ जनामा ऐन्टिजेन पोजेटिभ, मकवानपुरगढीमा ४ जनाको पिसिआर रिपोर्ट र १० जनामा ऐन्टिजेन पोजेटिभ देखिएको छ ।

यसैगरी बागमतीमा २ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको छ । मनहरी गाउँपालिकामा भने ५ जनामा पिसिआर रिपोर्ट पोजेटिभ र ११ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । अहिले हेटौंडाको गौरिटार आइसोलेसनमा २३ जना सक्रमितहरु बसेका छन् । यस्तै हेटौंडा अस्पतालको आइसोलेसनमा २९ जना, चुरेहिलमा १ जना र सहकारी अस्पतालको आइसोलेसनमा ३ जना उपचाररत छन् ।