हेटौंडाः जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएसँगै डा. खिमलाल देवकोटाले प्रधानमन्त्रीबाटै संविधानको हत्या गर्ने काम भएको आरोग लगाउनुभएको छ । यही संविधानकै रक्षाको लागि आफुले उम्मेदवारी दर्ता गराएको उहाँले प्रतिक्रिया दिनुभयो ।
बागमती प्रदेशको निर्वाचन कार्यालयमै उपस्थित भएर शुक्रबार देवकोटाले (स्वतन्त्र) रुपमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएको बताउनुभयो । उम्मेदारी दर्ता गराएसँगै उहाँले नेकपा माओवादी र कांग्रेसले साथ दिएको बताउनुभयो ।