Home मुख्य समाचार प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्ति

प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्ति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरिने ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको ७५ प्रतिशत सिटको लागि निःशुल्क छात्रवृत्तिका लागि स्रोतको सुनिश्चत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले चालु आर्थिक वर्षबाटै तीन किसिमको शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले विद्युतीय माध्मबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजश्व भुक्तानी नियमावली, २०७८ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो । यसैगरी प्रदेशभित्र कोभिड–१९ रोकथाम नियन्त्रणको लागि सरोकारवालासँग छलफल गरी विकास बजेट जे जति भएपनि प्रथामिकतामा राखेर आवश्यकताअनुसार तल्लो तहसम्म बजेट परिचालन गर्ने निर्णय भएको छ । प्रदेश सरकारको व्यवस्थापनमा आएको ५ अस्तपालको सञ्चालन खर्च र स्वास्थ्य संस्था निर्माण गर्नका लागि बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

Exit mobile version