जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार जारी गरेको सूचना ।

हेटौंडाः कोरोना संक्रमण बढ्दै गएपछि सोमबारबाट हेटौंडासहित मकवानपुरका ४ पालिकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा जिल्लाबासीलाई कुनै समस्या परेमा सिधै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

निषेधाज्ञाको मौका बनाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम भएको भन्ने जनगुनासोहरु कार्यालयको इमेलमा वा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न कार्यालयले सूचना जारी गरेको छ । जनगुनासो अनुसार अनुगमनका क्रममा जोकोहीबाट पनि उपभोक्ता हित विपरितका कुनै पनि कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने भन्दै जिल्ला प्रशासन कार्यालयले सुचित गरेको छ ।

यससम्बन्धी कुनै पनि गुनासो भएका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ९८४९३५६८५८ मा प्रमाणसहित उजुरी एवं जानकारी गराउन सकिने छ भने कार्यालयको इमेल ठेगाना daomakawanpur@moha.gov.np, daomakawanpur@gmail.com वा कार्यालयको अफिसियल फेसबुक पेजमा समेत उजुरी गर्न सकिनेछ ।