हेटौंडाः मकवानपुरको चार स्थानीय तहमा आजबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा हेटौंडा, थाहा, भिमफेदी र मनहरी गाउँपालिकामामा अत्यावश्यक उपभोग्य बस्तु (दुध, खाद्यान्न, माछा, मासु, फलफुल तथा तरकारी) पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्न दिइएको छ ।

निषेधाज्ञामा औषधी पसल, अक्सिजन सिलिन्डर डिपो, ग्याँस, पेट्रोल पम्प र सवारी साधन मर्मत गर्न तोकिएको वर्कसप मात्रै खुल्ला छन् । अतिआवश्यक सवारीहरु चलेका छन् भने मुख्यराजमार्ग बन्द गरिएको छैन ।