सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरमा आइतबार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । आइतबार बिहानैदेखि भएको बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका २ माथिल्लो छापका २६ वर्षीय बिराज वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर थप २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा सोही स्थानका ४६ वर्षीय बिर बहादुर वाइबा र ५६ वर्षीय बिरबल वाइबा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । मकावानपुर गढी ६ डुम्रेकुनास्थित बद्रि घिमिरेको गाई गोठमा वर्षाबाट बच्न ओत लिँने क्रममा मध्यान्न १२ बजे परेको चट्याङ लागेर तिनै जना घाइते भएका थिए ।

चट्याङ लागेको जानकारी पाएपछि प्रहरी चौकी चौकीटोलबाट खटिएका प्रहरीहरुले उद्दार गरी डुम्रेकुनास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाकारी दिनुभयो । दिउँसो साढे २ बजे हेटौंडा अस्पताल ल्याएपछि बिराजको मृत्यु भएको डाक्टरले घोषणा गरेको पनि उहाँले जानकारी दिनुभयो ।