Home मुख्य समाचार हेटौंडामा फिबर क्लिनिक सुरु

हेटौंडामा फिबर क्लिनिक सुरु

फिबर क्लिनिकको अवलोकन गर्नुहुँदै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्तर्गतको हेटौंडा अस्पतालमा शुक्रबारबाट फिबर क्लिनिक संचालनमा आएको छ । जिल्लामा कोभिड–१९ को संक्रमितको संख्या बढेसँगै अस्पतालले फिबर क्लिनिक संचालनमा ल्याएको हो । मकवानपुर जिल्लामा आजसम्म ३ सय २५ सक्रिय संक्रमित छन् ।

अब अस्पतालमा आउने सेवाग्राहीहरुले सुरुमा फिबर क्लिनीकमा जाँच गराएरमात्रै अन्य सेवा पाउँने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताउनुभयो ।

आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालको ज्वरो क्लिनीकको अवलोकन समेत गर्नुभएको छ । आजबाट हेटौंडा अस्पतालमा कोभिड–१९ बिरामीको उपचार गर्न २० एचडियू बेडको संचालनमा आएको छ ।

Exit mobile version