हेटौंडाः हेटौंडा अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न २० हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ । शुक्रबारदेखि संचालनमा ल्याउने तयारी गरेको अस्पतालका कोभिड उपचार कक्षका चिकित्सक सागर काफ्लेले बताउनुभयो । यसअघि हेटौंडा अस्पतालले १० एचडियू बेडको संचालन गरेर कोभिड–१९ संक्रमितलाई उपचार दिन सुरु गरेको थियो ।

बिहीबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी सहित स्वास्थ्यकर्मी, हेटौंडा उपमहानगरका प्रतिनिधि लगायतले कोभिड–१९ उपचार कक्षको निरीक्षण गरेका थिए । पाँच दिनमै २० एचडियू बेडको संरचना तयार पारिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । ‘अब गम्भिर संक्रमितको उपचार गर्न भरतपुर वा काठमाडौं जानु पर्दैन ।’ उहाँले भन्नुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डे पाण्डे कोभिड–१९ उपचार कक्षको निरीक्षण गर्ने क्रममा ।

यस्तै १० बेडमा आइसियू सेवा उपलब्ध हुनेछ । अस्पतालमा अहिल ६ वटा भेन्टिलेटर भएपनि ४ वटा प्रयोगमा आएका छन् । भेन्टिलेटर भने अहिलेसम्म सक्रमितलाई प्रयोग गर्न नपरेको कोभिड–१९ उपचारमा खटिएका चिकित्सक सागर काफ्लेले भने । अस्पतालमा हाल कुल १७ वटा आइसियू बेड रहेको छ । यसैगरी भेन्टिलेटर सहितको कोभिड आइसियू नै छुट्टै संचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । अस्पतालको कोभिड–१९ उपचार कक्षमा अहिले ९ जना गम्भिर प्रकृतीका संक्रमितहरु उपचारत छन् ।