हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा २६ वेडको आइसोलेसन निर्माण हँदैछ । राक्सिराङ–५ स्थित चैनपुरमा निर्माणाधीन आइसोलेसन जिल्ला समन्वय समिति मकवानपुरको ५० लाख रुपैयाँ र पालिकाकै २५ लाख रुपैयाँ लागतमा निमार्ण सुरु भएको हो ।
कोभिड–१९ को दोस्रो चरणको अवस्था भयावह हुन नदिन पालिकाले आइसोलेसनको निर्माण कार्य थालेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । यसभन्दा पहिले कोभिड–१९ को पहिलो चरणमा विद्यालयहरुमा क्वारेनटाइन निर्माण गरिएको थियो । अध्यक्ष मल्लका अनुसार निर्माणाधीन आइसोलेसन करिब एक हप्तामा सम्पन्न गरी सञ्चालनमा ल्याउनेछ । राक्सिराङमा अहिले कोरोना प्रचारप्रसार कार्यक्रम सुरु गरिरहेको छ ।