Home मुख्य समाचार लायन्स क्लबले निशूल्क अक्सिजन सिलिण्डर वितरण गर्ने

लायन्स क्लबले निशूल्क अक्सिजन सिलिण्डर वितरण गर्ने

लायन्स क्लबले निशूल्क अक्सिजन सिलिण्डर वितरण गर्ने

हेटौंडाः मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुले कोरोना भाइरस संक्रमित भई उपचार गर्नुपर्ने विरामीका लागि निशूल्क अक्सिजन सिलिण्डर वितरण गर्ने भएको छ ।

बुधबार मकवानपुरका लायन्स क्लबका पदाधिकारीको बैठक बसी अक्सिजन बैंक स्थापना गरी बिहीबारदेखि निशूल्क अक्सिजन सिलिण्डर वितरण गर्ने निर्णय गरेको हो । अक्सिजन बैंक स्थापना तथा सञ्चालनका लागि लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक सहयोग संकलन गर्न सुरु गरिएको छ ।

जिल्ला कोभिड–१९, संकट व्यवस्थापन केन्द्रसँगको समन्वय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको सहकार्यमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ अन्तर्गत एरिया २ ले निशूल्क अक्सिजन वितरण गर्न लागेको हो । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ की सचिव टासी डोल्मा तुम्बाहाङ्फेका अनुसार घरमै बसेर उपचार गराइरहेकाहरुलाई प्राथमिकतामा राखेर अक्सिजन सिलिण्डर वितरण गरिनेछ । आवश्यकताअनुसार अस्पताललाई समेत अक्सिजन सिलिण्डर वितरण गरिने तुम्बाहाङ्फेले बताउनुभएको छ ।

लायन्स क्लबले कोभिड–१९ संक्रमणको दोस्रो लहर देखिएसँगै कोभिड–१९ बाट बच्ने उपायबारे प्रचारात्मक सामग्री टाँस गर्ने, मास्क वितरण गर्ने, हात धुने स्टेशन मर्मत गर्ने काम गरिरहेको छ । गत वर्षको पहिलो चरणको कोभिड–१९ संक्रमणको लहरको समयमा लायन्सले सचेतना अभिवृद्धि गर्ने, हात धुने स्टेशन स्थापना गर्ने, लामो दूरीमा पैदल यात्रा गर्नेलाई खाजा वितरण गर्नेलगायतका कार्य गरेको थियो ।

Exit mobile version