Home मुख्य समाचार मकवानपुरमा चल्ने सबै सवारीमा बुधबारदेखी जोर बिजोर लागू

मकवानपुरमा चल्ने सबै सवारीमा बुधबारदेखी जोर बिजोर लागू

हेटौंडाः मकवानपुर जिल्लामा बुधबारबाट चल्ने निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ ।

यसअघि हेटौंडामा चल्ने निजी सवारीमा प्रशासनले जोरबिजोर लागू गरेको थियो । बुधबारबाट अर्का सुचना नभएसम्म लामो दूरीका सवारी, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खाद्यान्न, खानेपानी, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक तथा वित्तय संस्था, दुरसञ्चार, क्वारेन्टाइन, आइसोलेसन र फोहोरमैला) बाहेकका जिल्लाभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर लागू गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसको बैठकले निर्णय गरेको छ ।

बुधबारबाट जिल्लामा सैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्का सुचना नभएसम्मको लागि बन्द हुनेछन् । कोभिडको मध्यनजर गर्दै यस्तो निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

Exit mobile version