हेटौंडाः नेकपा–माओवादी केन्द्रले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा युवा, महिला र तामाङ कमिटी गठन गरेको छ । सोमबार भएको भेलाले पार्टीको भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसीएल), अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र तामाङ राष्ट्रिय मुक्ती मोर्चा गठन गरेको हो ।

भेलाले सुरेश लामा लोको अध्यक्षतामा ४५ सदस्यीय वाईसीएल बकैया गाउँपालिका कमिटी, लक्ष्मी सिलवालको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँपालिका कमिटी र विश्वराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय तामाङ राष्ट्रिय मुक्ती मोर्चा बकैया गाउँपालिका कमिटी गठन गरेको छ । वाईसीएलका केन्द्रीय महासचिव सुवोध सिपालीको आतिथ्यमा भातृ संगठनहरुको नयाँ कमिटी निर्माण गरिएको हो ।