सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–९ र १३ जोड्ने निर्मार्णाधिन कुखरेनी पुल मुनिबाट एक जनाको शव निकालीएको छ । पुल मुनि पौडी खेल्न गएका हेटौंडा–१२ का २६ वर्षका दिनेश दङ्गालको शव निकालिएको हो ।

पुल बनाउन खनेको खाल्डोमा डुबेर दिनेश दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता अविनाश अधिकारीले जानकारी दिनुभयो । प्रहरीले उनको शव गएराति निकालेको थियो भने शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।